ओलीले पत्रकार सम्मेलन गर्दै

ओलीले पत्रकार सम्मेलन गर्दै

ओली आजै बुटवल जाने


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्ने भएका छन् । पार्टी मूख्यालयमा बिहान साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन ओलीले अपिल गर्ने तय भएको हो ।

पत्रकार सम्मेलन सकेर ओली आजै बुटवल जाने कार्यक्रम रहेको छ । बुटवलको देवीनगरस्थित खुला चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली जाने कार्यक्रम रहेको छ । बुटवलमा सत्ता गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे मेयरको उम्मेदवार छन् भने एमालेबाट बाबुराम भट्टराई उम्मेदवार छन् । बुटवलमा शनिबार प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गरेका थिए ।