राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्‍वान

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्‍वान

संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान


ग्लोब नेपाल
297
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९-१-२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”