३० वैशाखपछि थाहा हुन्छ को सकिन्छ : ओली

३० वैशाखपछि थाहा हुन्छ को सकिन्छ : ओली


ग्लोब नेपाल
189
Shares

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने ३० वैशाखको निर्वाचनपछि थाहा हुने जवाफ दिएका छन् ।

आइतबार पोखरामा आयोजित सत्तारुढ गठबन्धनले आयोजना गरेको आमसभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए । सोमबार पोखरामै एमालेले गरेको आमसभामा अध्यक्ष ओलीले नेता नेपाललाई जवाफ दिँदै को खत्तम भएछ भन्ने निर्वाचनपछि थाहा हुने बताए ।

उनले भने, ‘एमालेको १५ वर्ष रस चुसेर, एमालेको काँधमा चढेर एमालेको बुइ चढेर २१ महिना प्रधानमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ । काँग्रेसलाई धम्क्याउँदै थिए, केपी ओली समाप्त भए रे । वैशाख ३० गतेको परिणाम आएपछि को सकिएछ, को खत्तम भएछ जनताले बताउँछ ।’