स्वाबलम्बनः सापेक्ष जीवनमा निरपेक्षताको खोजी

स्वाबलम्बनः सापेक्ष जीवनमा निरपेक्षताको खोजी



सापेक्ष हुनुपर्दा पनि स्वाबलम्बी जिवन बिताउन सक्नु पनि एउटा सार्थक जिवन जिउन सकिन्छ । पहिला सापेक्षताको अर्थमा स्पष्ट हुनु जरुरी हुन्छ । यसको अर्थ हामी धेरैलाई थाहा होला तै पनि अमेरीकाको सबभन्दा बढी प्रसिद्ध अनलाइन Merriam Webster शब्दकोश हेर्दा यसको अर्थ तपसिल बमोजिम रहेकोछ पाइन्छ-


a: not absolute or independent अर्थात् आफैमा पूर्ण वा निरपेक्ष वा अमिश्रित शुद्ध नभएको the quality or state of being relative अर्थात् संबधित वा मिश्रित अवस्था, the state of being dependent for existence on or determined in nature, value, or quality by relation to something else प्रकृतिको अस्तित्व, महत्वमा आउन वा गुणस्तिरिय हुन, अरुमा आधारित वा संबन्धित भई आउनुपर्ने अवस्था ।

a theory which is based on the two postulates (1) that the speed of light in a vacuum is constant and independent of the source or observer and (2) that the mathematical forms of the laws of physics are invariant in all inertial systems and which leads to the assertion of the equivalence of mass and energy and of change in mass, dimension, and time with increased velocity,

b: an extension of the theory to include gravitation and related acceleration phenomena – called also general relativity, general theory of relativity (विज्ञानका आइन्टाइन र न्युटनका सापेक्षतावादका सिद्धान्तहरू)
बृहद् नेपाली शब्दकोशकानुसार सापेक्षः स्वतन्त्र रुपमा रहेको नभएर अर्काको अपेक्षा वा आसा राख्ने,संबद्ध । अन्य तत्व, विचार, दृष्टिकोण आदिबाट सम्बन्धित हुनाले त्यसैको अअपेक्षा राख्ने ।

माथिका Merriam शब्दकोशका चौथाे र पाँचौं वाक्यांशहरू पनि प्रकाशको गति खाली ठाउँको अवस्थामा एकै गतिको हुने र the mathematical forms…. velocity, अर्थात् assertion of the equivalence… मा भरपर्दछ अर्थात् यस्तो अवस्थामा यो लागु हुनसक्ने हो अन्यथा यो सिद्धान्तले पनि सापेक्षतालाई स्वीकार गरेकोछ ।

निर्जिव पदार्थ उपप्रमाणु (Subatom) तथा उपप्रमाणुहरूको समुहात्मक अवस्था(पदार्थ)ले प्राण र चेतनायुक्त अवस्थामा उनीहरू हुर्किने वातावरण रहेमात्र प्राणीको रुपमा आफ्नो अस्तित्वमा आउने, रहने अवस्था हुन्छ । मानिस यी अवस्था भन्दा थप गुण, अवसर प्राप्त र दायित्व बेहोनुपर्ने र चुनौती खेप्नुपर्ने गरी इन्द्रियहरूको समुचित व्यवस्थापन गनुपर्ने र विवेकको प्रयोग गर्न पाउने गरी श्रृजना गरिएको जनावर हो । त्यसैले यो अरुभन्दा थप विषय बस्तुहरू प्रति निर्भर रहनुपर्ने हुन्छ ।

प्रकृति उसका जिवनवृत्तिका साधानहरू– गास, बास, कपास, उर्जाको श्रोत इन्धन, उ रहन स्थान र उसका उत्थान गर्ने प्रायः श्रोतको श्रोत (source of source) हो र यिनीहरू उसका लागि पहिलो प्राथमिकतामा रहेर आउँछन् । प्रकृतिका अन्य श्रोत साधन वातावरण हो जसमा हावा र पर्यावरणिय क्षेत्रका जैविक उपज र यिनको विविधता आदि पर्दछन् । यिनीहरूको अनिवार्य महत्ता नै छ । यसमा हाम्रो प्राणवायु र यो लगायतको अनुपातिक संबन्ध र इकोसिस्टम लगयतमा सन्तुलन, स्वच्छता र उपलब्धता वातावरणिय र पर्यावरणिय अवस्थामा निर्भर गर्दछ ।

मानव सामाजिक प्राणी पनि हो । मानव मानव बीच यस्तो संबन्ध छ कि न उ अर्र्को मानव बिना रहन सक्छ न त श्रृष्टिलार्ई निरन्तरता दिनलाई नै । फेरी यो सम्बन्धमा अलिक नै बिचलन आयो भने उसको संहार र हरेक बस्तुको पहुँचमा सबभन्दा ठुला बाधक बनेर उभिइदिन्छन् । यसलाई नियाल्न घरको सदस्य, छिमेकी, आफैले सबभन्दा बढी विश्वास गरी सबभन्दा ठुलो दान मतदान गरेका प्रतिनिधी, छिमेकी देश र मित्र-शत्रु देश रहन्छन् ।

जनावर चाहे सिंह नै किन नहोस् रिझाउन खास खास तरीका र विधि छन् तर मानव एक अति जटिल प्रकृति र स्वभाव भएको प्राणी हो जसलाई नरिझाई पनि हुदैन, रिझाउँन खोज्दा धोखा खाने प्रवल संभावना पनि छन् । कुन काम गर्दा रिझिने हो र कति मात्रामा रिझाउन उपयुक्त हुने हो यो सब भन्दा जटिल विषय हो । मानविय सहयोगका आदानप्रदान नगरी आर्थिक श्रोत जुटाउन सकिँदैन । उर्जाका लागि तेल, ब्याट्री, रासायनिक पदार्थ आदिको आयात लगायत प्राकृतिक श्रोत साधनको पुर्ति आदि । यसैले मानव जिवन धेरै प्रति सापेक्ष छ ।

मानवको मन, मस्तिष्क, बुद्धि तथा विवेक प्राप्त भएका सन्दर्भमा उसको लागि सापेक्षताको अर्थ परनिर्भरता मात्रै हो भन्ने चाहिँ होइन । प्रकृतिको अस्तित्व, महत्वमा आउन वा गुणस्तिरिय हुन, अरुमा आधारित वा संबन्धित भई आउनुपर्ने अवस्था भने हो । बढी महत्वाकांक्षा, अनावश्यक बढी इच्छा, औकात भन्दा बढी खर्च र तडकभडक जिवनशैली, लोभ, ईश्र्या, आदि अर्थात् अनावश्यक विषय भोगको अपेक्षाले बढी कमाइ गर्नुपर्ने आवश्यकता हुन्छ । यसका लागि कमाउन गलत बाटो चयन गुर्नपर्ने हुन्छ । यसमा अनावश्यक र हानीकारका चिन्तन र सोँच जस्ता गलत अर्थात् अवेवेकिय कार्य गर्नुपर्नेहुन्छ ।

तर यस्ता कार्यमा कानुनी प्रकृया र यसमा भएका जटिलताले पर्ने प्रभावका कारण र अनपेक्षित लाभका लोभले कानुनी प्रकृया पुरा नगरी विश्वासका आधारमा गर्नुपर्ने तथा गरिने कार्यले ठगिने संभावना, कार्य संपादनमा लाग्दा राज्यको सुरक्षा तथा अपराधको घेरामा परिने, जसका कारण इज्जत प्रतिष्ठामा आँच आउने, जेलमा रहँदाको समय राम्रो काममा लगाउन पनि नपाइने, घर परिवार तथा बालबच्चाको मनोविज्ञानमा नकारात्मक असर आदि पर्दछन् जुन दुखका कारण हुन ।

संबन्धित अध्ययन कानुनका प्रावधान नजान्नाले जुन जान्ने चेष्टा नै नगर्नाले बढी हुन्छ, अरुको सहयोग लिनुपर्ने हुन्छ । त्यस्तै अल्छिपनको अवलम्बन अर्को आत्मघाती कार्य हो । यसले अनावश्यक परनिर्भरता निम्त्याउने र आदर्शमय जिवनको परिकल्पनासम्म गर्न सकिँदैन । त्यसैले मानिसले मानिससंग नै पनि उचित संबन्धको दुरी राखी व्यवहार गर्ने कार्य सापेक्षताको परिष्कृत प्रयोग हुने हुन्छ । यसले बैकल्पिक जिवन जिउने कलाको खोजी गर्छ, जस्तो प्राकृतिक श्रोत साधनको आयातलाई विस्थापन गर्न उपलब्ध हुनसक्ने बैकल्पिक उर्जाश्रोत, धातुजनन्य पदार्थको विस्थापन आफ्नै खानीको उत्पादन प्रयोग गर्दछ, आदि ।

कालो बादल भित्र चाँदीको घेरा हुन्छ । यो प्रायः मानिसलाई थाहा छ । निष्ठापुर्वक आदर्श जिवन जिउन सकिन्छ । हरेक कार्य गर्न बाधा अड्चन हुन्छन् । माथिका दुख सहन गर्न सक्नेले अर्को केही विवेक लगाई परिश्रम गर्न के नै गाह्रो हुन्छ र ? यी कुरा चिन्तन, भावना, बिचार, कर्मशिलता लगावमा भरपर्दछन् । यी माथि भनेका कार्य गर्न पनि यी गर्नैपर्छ फरक कार्यप्रकृति मात्र हो । मानिसमा शारीरिक असक्षमता हुन सक्छन्, तर त्यस चुनौतीलाई समेत अवसरमा बदल्न सकिन्छ ।

सम्भावना हरेक क्षेत्रमा छन् । मनोबलका साथ हरेक क्षेत्रको संभावना आफ्नो औकात र अन्य संभावित क्षेत्रबाट प्राप्तगर्न सकिने पुँजि अनुसार संभाव्यताको अध्ययन, बजार प्रतिष्पर्धा कसरी गर्ने, बहुआयमिक तरीकाले योजना बनाउने र यसै अनुरुप कार्य गर्नेगरी क्षेत्र निर्धारण गरी श्रृजनशिलता, उद्यमशिलता लगाव, लगानीमा अपेक्षित लाभ हुने संभावनाको अध्ययन, श्रोत साधनको समुचित प्रयोग, आवश्यक मितव्ययिता, सादा जिवन अर्थात् भड्किलो तथा महंगो सामानको प्रयोगमा संयमता, प्रकृतिको रसायनसंग मेल खाने कार्य र भोजन, बानी व्यवहार जुन निकै सहज र सुलभ रुपमा प्राप्त गर्न सकिन्छ ।

सामाजिक प्रतिष्ठा गुमाउन पनि नपर्ने र सहज जिवनयापन गर्न सकिने, आफु नैतिक, आर्थिक वा अन्य ऋण वा दायित्व बहन गर्न पनि नपर्ने । यसरी आफ्नै बुद्धि, बर्कत र श्रमलाई अधिकतम प्रयोग गर्ने र अरुबाट प्राप्त गर्न गरिने कुनै पनि किसिमका आसालाई त्यागी वा ज्यादै न्युन गरी आसाबाट जे अपेक्षा गरिएको छ आफुबाट नै हरसम्भभव पुरा गर्ने कार्य परनिर्भरता न्युनतम गर्नेे वा अनावश्यक सापेक्षतालाई कम गर्नु वा सम्भव भएसम्म निरपेक्षता अवलम्बन गर्ने कार्य नै स्वाबलन हो । यो दिगो र निष्ठावान अवधारणलाई अपनाई सुखी, खुसी र संमृद्ध बनौं ।