इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

इन्जिनियरसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोईतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रा नन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भूपेन्द्र यादव, एभरेस्ट निर्माण सेवाका प्रोप्राइटर विजयकुमार यादव र अन्नपूर्ण कन्स्ट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मत सम्भार र रुख बिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याइ भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले गलत विवरण पेस गरी ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।