सुन्दरी प्रतियोगितामा बलात्कारीको आरोप लागेका मनोज पाण्डे पक्राउ

सुन्दरी प्रतियोगितामा बलात्कारीको आरोप लागेका मनोज पाण्डे पक्राउ


ग्लोब नेपाल
1.7k
Shares

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगितामा बलात्कारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्।

यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो। निर्देशनपछि प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्। समितिले अनुसन्धान अघि बढाएको छ।