रश्मिला प्रजापतिले भनिन्- ‘धन्यवाद काठमाडौं’

रश्मिला प्रजापतिले भनिन्- ‘धन्यवाद काठमाडौं’


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । रश्मिला प्रजापतिले काठमाडौंका मतदातालाई धन्यवाद दिएकी छन् । काठमाडौं महानगरको मेयर पदमा केशव स्थापितको हार पक्का भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत रश्मिलाले काठमाडौंका मतदातालाई धन्यवाद दिएकी हुन् । रश्मिलाले नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार स्थापितमाथि यौन दुराचारको आरोप लगाएकी थिइन् । काठमाडौं निकै सचेत भएको बताउँदै उनले यसले आफूमाथि हस्तक्षेप भएको नसहने बताएकी थिइन ।

स्थापितको हारलाई उनले काठमाडौंको मतदाताको विवेक र दुर्व्यवहारविरुद्धको दरिलो आन्दोलनको रुपमा लिएको छ । २५ वर्षपछि काठमाडौं महानगरपालिका परिवर्तनउन्मुख भएको बताउँदै उनले मेयरमा विजयीउन्मुख स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिएकी छन् ।

२५ वर्षअघि मेयर हुँदा केशव स्थापितले आफूलाई यौन दुराचार गरेको र यौन प्रस्ताव नमान्दा जागिरबाट निकालेको आरोप लगाउँदै आएकी छन् ।