अमेरिकामा बन्दुक राख्न पाउने संवैधानिक अधिकार किन राखियो

अमेरिकामा बन्दुक राख्न पाउने संवैधानिक अधिकार किन राखियो

बन्दुक राख्न पाउने अधिकारी अमेरिकाबाहेक संसारको कुनै पनि देशमा यो अकल्पनीय लाग्न सक्छ । अमेरिकामा हतियार राख्न पाउने अधिकार संविधानले सुरक्षित गरेको छ । संविधानमा उल्लेखित यो नागरिक अधिकार दुई पटक संशोधन भइसकेको छ ।


ग्लोब नेपाल
486
Shares

टेक्सासको उवाल्डेको एउटा स्कुलमा नरसंहार गर्ने साल्वाडोर रामोस भर्खरै १८ वर्ष पुगेका थिए । उक्त बन्दुक आक्रमणमा १९ विद्यार्थी र २ अध्यापकको हत्या भएको थियो ।

१८ औं जन्मोत्सवमा रामोसले आफैलाई दुईवटा बन्दुक उपहार दिएका थिए । एआर–१५ टाइप आटोमेट्रिक दुई बन्दुकसँगै उनले ३ सय गोली पनि किनेका थिए । एआर–१५ बन्दुक आक्रमणमा प्रयोग हुने सबैभन्दा चर्चित राइफल हो ।

रामोसका नातेदारका अनुसार उसलाई समाजमा घुलमिल हुन समस्या थियो । उसका व्यवहार नियन्त्रित थिएन । रामोसले यी दुई राइफल कानुनी प्रकृया पूरा गरेर किनेका थिए । उनी सिधै बन्दुक स्टोरमा गए, अर्डर गरे, बिल भुक्तानी गरेर राइफल घर लिएर आए ।

बन्दुक राख्न पाउने अधिकारी अमेरिकाबाहेक संसारको कुनै पनि देशमा यो अकल्पनीय लाग्न सक्छ । अमेरिकामा हतियार राख्न पाउने अधिकार संविधानले सुरक्षित गरेको छ । संविधानमा उल्लेखित यो नागरिक अधिकार दुई पटक संशोधन भइसकेको छ ।

राइफल किन आवश्यक प-यो ?
१५ डिसेम्बर १७९१ को नवगठित अमेरिकाले बिल अफ राइट्स (अधिकार विधेयक) लाई स्वीकृति दिएको थियो । यो संविधानको दशौं संशोधन हो, जसले नागरिक अधिकारको पुष्टि गर्छ ।

अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र प्रेस, धार्मिक स्वतन्त्रता र संगठित हुन पाउने स्वतन्त्रताजस्तै हतियार राख्न पाउने अधिकार पनि हो । सन् १७९१ मा संयुक्त राज्य अमेरिकाले अहिलेको भूभागमध्ये एकतिहाइ हासिल गरिसकेको थियो । उसले अझै पश्चितमतर्फ अघि बढ्न खोज्दै थियो । बेलायतविरुद्धको स्वतन्त्रताको लडाइ (१७७५–८३) मा मिलिसियाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मिलिसिया आम मानिसको एउटा समूह थियो, जसले समुदायको रक्षाका लागि हतियार उठाएका थिए । यो समुदाय सन् १९७६ मा देशमा स्वतन्त्रता घोषणा गरेपछि राज्यस्तरमा संगठित भएको थियो । मिलिसियाको लडाइमा मुख्य हतियार लामो नाल भएको मस्कट थियो । झन्डै ९ मिटर टाढासम्म मार हान्न सक्ने यो बन्दुक १९ औं शताब्दीसम्म चलनमा थियो । यो बन्दुकले एक मिनेटमा तीन पटकसम्म फायर गर्न मिल्थ्यो ।

त्यसैबेला बन्दुक अमेरिकाको सांस्कृतिक पहिचान बनेको थियो । धेरैजसो नागरिक नियमित सैन्य सेवा र सत्ताको सेवकका रुपमा देखिएका थिए । उनीहरुलाई लागेको थियो, सैनिकले नागरिक दमन गर्ने क्षमता हुन्छ । धेरै मानिसलाई लागेको थियो, स्वयम रक्षाका लागि हतियार राख्न दिनु मुनासिब हुनेछ ।

एउटा वर्ग सधैं बलियो केन्द्र सरकारको विरोधमा थियो । उनीहरु पेसेवार सैनिकको विचारका विरोधमा थिए । यद्यपि अन्त्यमा गएर अमेरिकाले पनि पेसेवार सैनिक स्थापना ग¥यो, जुन विदेशी शक्तिले आक्रमणको समयमा आवश्यक पर्नेछ ।

अमेरिकाले सन् १७८८ मा देशको संविधानलाई आधिकारिक मान्यता दिएको थियो । त्यसपछि संस्थापकमध्येका एकजना जेम्स मेडिसन जो पछि अमेरिकाको राष्ट्रपति पनि बने, उनले संविधानमा दोस्रो संशोधन मस्यौदा तयार पारे । जसको उद्देश्य प्रान्तमा मिलिसियालाई बलियो बनाउनु थियो । यही संशोधनमा नागरिकले कुनै सर्त पालना नगरी बन्दुक राख्न पाउने व्यवस्था पनि गरियो ।

वर्षौदेखि नागरिकले बन्दुक राख्न पाउने अधिकारको समर्थन गर्नेहरु दोस्रो संशोधन आफ्नो अधिकारको सुरक्षाका रुपमा हेर्छन् । नेशनल राइफल एसोसिएसन (एनआरए) आफ्नो वेभसाइटमा लेख्छ– ‘कानुनको पालना गर्नेहरु बन्दुक मालिकको अधिकार रक्षाका लागि दोस्रो संशोधन महत्वपूर्ण छ ।’

एनआरएमा झन्डै ५५ लाख सदस्य छन् । यो अमेरिकी राजनीतिमा सबैभन्दा ठूलो दबाब समूहमध्ये एउटा हो । एनआरए बन्दुक नियन्त्रणको कुनै पनि प्रस्तावको कडा प्रतिरोध गर्छ ।

अहिले भइरहेको व्यवस्थाको समर्थन गर्नेहरुको तर्क छ, दोस्रो संशोधनमा नागरिकलाई हतियार राख्न अधिकार दिन्छ, यो आम मानिसको संवैधानिक अधिकार हो । यसको अर्थ बन्दुकको प्रतिबन्ध असंवैधानिक हो ।

अमेरिकामा अहिले सामूहिक हत्याका घटना दिनदिनै वृद्धि भइरहेको छ । यी घटना वृद्धिसँगै बन्दुक राख्न पाउने अधिकारप्रति बहस सुरु भएको छ । यद्यपि अहिलेसम्म बन्दुक राख्ने अधिकारको समर्थन गर्नेहरुकै जीत भइरहेको छ ।