आज बजेट ल्याउदै सरकार

आज बजेट ल्याउदै सरकार


ग्लोब नेपाल
189
Shares

काठमाडौं । सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ ।

बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ । योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो ।

चालू वर्षको आर्थिक सर्वेक्षणमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखाइएको छ । उक्त रकम मध्ये ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब ३९ अर्ब निजी क्षेत्रबाट, ८७ अर्ब रुपैयाँ सहकारी तथा गैरसरकारी क्षेत्रबाट र ८८ अर्ब घरपरिवार क्षेत्रबाट लगानी हुनुपर्ने सरकारको अनुमान रहेकाे छ ।

यसमा सरकारी र निजी क्षेत्रबाट हुने लगानीमा क्रमशः २ खर्ब १८ अर्ब र ३ खर्ब ६७ अर्ब गरी वार्षिक औसत ५ खर्ब ८५ अर्ब अपुग हुने देखिएको सरकारले बताएको छ । यद्यपि, दिगो विकास लक्ष्य कार्यान्वयन लाई प्रभावकारी र व्यवस्थित बनाउन नीतिगत, कानूनी तथा संस्थागत संरचना तयार गरिएको छ । आर्थिक संकट गहिरिंदै गएको बेला सरकारले भने यसै वर्ष हुने संसद र प्रदेश सभा चुनावका लागि लक्षित गरी लोकप्रिय कार्यक्रमहरू समावेश गरेको बुझिएको छ ।

वृद्ध भत्ता पाउने उमेर ७० बाट घटाएर ६८ बनाइने छ भने अन्य सामाजिक भत्ता पनि थपिने बुझिएको छ ।