कक्षा ५ का विद्यार्थीले आफै पढ्ने विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएपछि

कक्षा ५ का विद्यार्थीले आफै पढ्ने विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएपछि


ग्लोब नेपाल
594
Shares

फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा कक्षा ५ मा अध्ययनरत एक जना विद्यार्थीलाई आफ्नो विद्यालयमा सामूहिक गोली हान्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार १० वर्षीया ती विद्यार्थीले अर्का विद्यार्थीलाई विद्यालयमा गोली हानेर मार्ने धम्कीसहित म्यासेज पठाएका थिए ।

ती विद्यार्थी केप कोरलको पैट्रियट इलिमेन्टरी स्कूलमा पढ्छन् । उमेरका कारण उनको नाम खुलाइएको छैन् । उनलाई युवा सेवा अपराध अनुसन्धान महाशाखाले सोधपुछ गरिरहेको छ । सीबीएस १२ सँग कुरा गर्दै सेरिफ कार्मिन मार्सेनोले भने, ‘अहिले नै अपराधीलाई जस्तो व्यवहार गर्ने समय भइसकेको छैन् । यो हास्यास्पद छैन् । यो विद्यार्थीले नक्कली धम्की दियो र अब उसले वास्तविक परिणाम भोगिरहेको छ ।’

ली काउन्टी सेरिफको कार्यालयले पोष्ट गरेको एउटा भिडियोमा ती विद्यार्थीलाई हथकडी लगाएर शनिबार पक्राउ गरेपछि उनी प्रहरीको गाडीतर्फ हिंडिरहेको देखाइएको छ । ‘विद्यार्थीको व्यवहार पीडादायी छ । विशेषगरी टेक्सासको उभाल्देमा हालैको त्रासदीपछि हाम्रा बच्चाहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्नु सर्वोपरि छ’, सेरिफ कार्मिन मार्सोनेले एक विज्ञप्तिमा भने । एक साताअघि उभाल्देमा भएको नरसंहारपछि सेरिफको कार्यलयले पछिल्लाे धम्कीलाई गम्भीर रुपमा लिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।