हारेर जितौं

हारेर जितौं



खेलका खास–खास नियम हुन्छन् । ती नियममा जित र हारको अवस्था पनि उल्लेख हुन्छ र जितलाई उपलब्धी र बहादुरीको रुपमा लिइन्छ, हर्षोल्लास मनाइन्छ र हारलाई कमजोर भएको उपलब्धी गुमाएको, बेइज्जत भएको रुपमा लिने र दुःख मानिने गरिन्छ । चलिआएको मान्यतानुसार खेलमा दुई पक्ष वा पाटा अनिवार्य हुन्छन् । एक जित र अर्को हार । जित नभए हार नै हुन्छ । यो खेल्नु अगावै स्वीकार गरिएको हुन्छ । जित दुवै पक्षको लक्ष्य हुन्छ ।

यहाँ स्वयंसिद्ध तथ्य छः जित हुन्छ अन्यथा हार नै । यो सर्वस्वीकार्य छ र पनि आफै प्रस्ताव राखेर वा अरुले राखेको प्रस्तावमा सहर्ष स्वीकार गरेर यथासम्भव तयारीका साथ भाग लिइन्छ । यो चुनाव हो । गोलाप्रथा पनि यही हो, पर्छ वा पर्दैन । यसमा पनि जे पर्छ स्वीकार गरेर भाग लिइन्छ । यस्ता जितहारका खेलहरू जीवनमा अनेकौं पटक हुन्छन् । जन्मेको वा जन्माइएको बच्चा अनिवार्य मर्छ । यो मात्रै थाहा हुँदैन कि उ कसरी, कहाँ र कहिले मर्छ तर पनि जहाँ जहिले र जसरी हुन्छ मृत्युवरण हुने कुरा पुर्णतः स्वीकार गरिएकै अवस्थामा जन्माइएको हो ।

अचम्मको कुरा के भने जो घटना हुन्छ भनी जानकार र स्वीकार गरी कार्य गरिन्छ तर परिणाममा हर्ष मनाउ किन र दुःख मनाउ किन ? बच्चा आफ्नै अगाडि रोगले मरेका छन् । उसलाई यथासम्भव बचाउने प्रयास पनि गरिएकै हुन्छ । मर्दा दुःख मनाउ गरिन्छ । अति नै पिडा भएको अनुभुति हुन्छ । मृत्यु अवश्यम्भावी थियो र स्वीकार गरिएकै थियो । त्यसैले यसमा दुःख नभएको हुनुपर्छ । यदि यसो हो भने यहाँ प्रयास दुःखदायी हो त ? पक्कै पनि नहुनु पर्ने । एउटा यहाँ प्रयास असफल तथा सफल केही होइन किन कि प्रयास गरिएको हो ग्यारेन्टी गरिएको होइन । कसैले ग्यारेन्टी नै गरेको भए हुन नसक्ने कुराको किन ग्यारेन्टी बस्ने ? को बस्ने ? केका लागि बस्ने ? यो त सीधै मुर्खता हो ।

एउटा प्रसँग ‘मान्ने, जान्ने र हुने’ कोमा जाऊँ । हामीले बनाएका नियम, अरुबाट बनाइएका नियमर हुने परिणाम । हामीले आफुलाई धेरै जानेको भन्दछौं तर केहीमा मात्र सफलता पाउँछौं अर्थात् धेरैमा असफल छौं अर्थात् अर्को शब्दमा त्यो मान्यता अनुसारको परिणाममा हारेको अवस्थामा छौं । हामीले जानेको कसरी जान्यौं भन्ने र के जान्यौं भन्ने ? श्रष्टाले श्रृष्टी गरेको नियम हामीलाई थाहा छैन तैपनि मानेका छौं र हामीले बनाएका खेलका नियम हामीले मानेका हौं जानेका होइनौं । अर्थात् हामी जान्ने को छौं र कति जानेका छौं हामीलाई नै थाहा छैन ।

तत्वदर्शीवा द्रष्टा भन्छौं तर त्यो तत्व र द्रष्टापन हाम्रो नै मान्यता हो र हाम्रो नै परिभाषा हो । मानेका विषय यथार्थसंग मेल खाएमा सत्य भन्छौं, ठीक भन्छौं । सत्य र ठीकको परिभाषा पनि हाम्रो हो । यसको मापदण्ड हामी नै बनाउँछौं जुनकुनै खास मान्यतामा आधारित हुन्छ र त्यस अनुरुप पाएमा वा हुनगएमा त्यसलाई ठीक भन्छौं । हुन गएको विषय मापदण्ड अनुरुपको हो । अब यथार्थ वा सत्य वा तत्व वा द्रष्टा के, द्रष्टाले देख्ने दृश्य के ? यदि हामीले जानेका छाैं भने हार्ने नियम किन बनाउँछौ ? सबैले जित्नु छ अर्थात् हार्नु त कसैलाई पनि छैन अर्थात् सबैले जित्नुपर्छ, हार्नु कदापी हुँदैन ।

यहाँ बुवाआमाको जित हुन्छ अर्थात् जित मानिन्छ र आमाबुवा सामान्यतः दुई हिसाबले खुसी हुन्छन्, एक आफ्नो रोजाई, बचनबद्धता र ईज्जत गुमेन जित भयो, दोश्रो छोरी आज्ञाकारी पाएछौं जित भयो ।

यहाँ कोशिस के मागरिएको छ भने हामी सबैले जित्ने अर्थात् हार्ने नै होइन, नहार्ने अर्थात् जिती नै रहने । तर के यो सम्भव छ ? आखिर मान्ने नै हो भने हारेकोलाई जितेको किन नमान्ने ? यसका तथ्य छन् अर्थात् हारमा जित छ । साध्य (थ्यौरी) यही हो । यो पनि हामी नै बनाऔं र सिद्ध गरौं ।

जीवनका हरेक कृयाकलाप खेल वा खेलका रुप हुन् । खेलमा जित मात्र कसरी संभव छ ? एउटा तथ्य छः जितेर पनि हार्ने र हारेर पनि जित्ने । छोरीको विहे आफुले भनेको वरसंग गरिदिने थियो तर छोरीको चाहना त्योसंग होइन । त्यहाँकारण छ÷छन् । या त छोरीको अर्कोे मन मिल्दो आफुले चाहेको वर छ र उसंग विहे गर्न चाहन्छिन् वा बुबाआमाको छनोट तथा चाहनाको वरमा खोट छ या उनको मान्यता र जिवन पद्धतिसँग मेलखाने गुण त्यस वरसंग छैन । हामी चाहन्छौं उच्च कुलिन, धनी, ख्याती, पढाई आदिआदि । तर उनको दर्शन, जीवनको परिभाषा र हाम्रो परिभाषासंग तादम्यता खाँदैन, मिल्दैन । तैपनि छोरीले या त आफ्नो अविभावकको इच्छा पुरा गर्ने हेतुले होस् वा अन्य कारणले बुबाआमाको रोजाई स्विकार्छिन् ।

यहाँ बुवाआमाको जित हुन्छ अर्थात् जित मानिन्छ र आमाबुवा सामान्यतः दुई हिसाबले खुसी हुन्छन्, एक आफ्नो रोजाई, बचनबद्धता र ईज्जत गुमेन जित भयो, दोश्रो छोरी आज्ञाकारी पाएछौं जित भयो । यदि केही समयपछि छोरीको त्यस ज्वाईंसँग छोडपत्र गनुपर्ने दिन आउँछ अर्थात् छोरीलाई शारीरिक मानसिक दुःख खेप्न नसक्ने अवस्था आइपर्छ भने यो जित भयो कि हार ? अर्थात् यो अवस्थामा जितहारमा परिणत भयो । एक विकल्प, हिजो आफ्ना मान्यतालाई सुधार गर्न र नयाँ वातावरण श्रृजना हुने अवस्था रहेमा त्यस अवधारणामा छोरीलाई मनाउने र आफुले प्रस्ताव गरेको वरसंग विहे गरिदिने ।

दोश्रो छोरीको चाहना, भावनामा बगेर हो वा तथ्यगत सुचनाका आधार गलत भएर हो ती केलाई देखिएका कमि हटाउन छोरीले चाहेको वर र उनका परिवारलाई राजी गराउन सकेमा वा नसकेमा हार मानेरै किन नहोस् छोरीको ईच्छाको कदर गरेको भए आज जित हुन्थ्यो चाहे यही परिणाम नै किन नआओस् । यस अवस्थामा छोरीले बुवाआमालाई दोषी ठहर्याउने थिइनन्, आफै चित्तबुझाउने थिइन् । उनी अर्को भरपर्दो विकल्प र आफुलाई सशक्तिकरणतर्फ लाग्ने थिइन् वा अब नै भएपनि आमाबुवाको सल्लाह लिएर सशिक्षा सुधारिने जीवनको अवलम्ब नगर्ने थिइन् ।

यो शिक्षाबाट अघिल्लो घटना चुकेको हुन्छ । त्यसैले यहाँ हारिएको मान्यताले जितमा परिवर्तित गर्दछ । यो छोरामा पनि लागु हुन्छ । अर्थात् छोराछोरीको जितमा जो आफ्नो हारको मान्यता पाएको हुन्छ, त्यसमा दुबैको जित नै हुन्छ । आफु भन्दा सानो संगको जित, जित होइन । त्यस्तै आफ्ना आमाबुवा वा अविभावकसंग पनि जितेर पनि हार नै हुन्छ र उहाँहरूसंगको हारमा जित । उहाँहरूको कदर गर्नु हार होइन जित हो । यसो गर्नाले यहाँ पनि दुबैको जित हुन्छ ।

यो साध्य (थ्यौरी) समाज लगायतका अरु ठाउँमा पनि लागु हुन्छ । कार्यालयमा कार्यालय प्रमुख कर्मचारीका संभावना रहेका माग पुरा गरिदिई वा केही कमिकमजोरीमा वास्ता नगरी वा हालसम्मको प्रभावकारी जेड थ्यौरी प्रयोग गरेर वा कार्यसम्पादन मुल्याङ्कन गर्ने सुचकहरू कानुनले तोकेको अतिरिक्त कर्मचारीको सल्लाह र सहमतिमा लागु गरेमा उनीहरू प्रोत्साहित हुन्छन् । कार्य सम्पादनमा बहन गनुपर्ने लागत भन्दा कैयौं गुना बढी संस्थालाई समयमै लाभ दिन सकिन्छ ।

यहाँ कर्मचारीको मनोबल बढाउन आफु हार्न जान्नुपर्दछ, जसरी प्रमुख जिल्ला अधिकारीलाई खुसी पार्न उनले बोलाएको तास लगायतका मनोरन्जनयूक्त खेलमा आफु जित्ने अवस्थामा हारेर उनलाई खुसी बनाउने गरिएको प्रत्यक्षदर्शी रहेकोबाट जानकारी भएको छ । यस सुत्र तथा साध्य अनुसार आफू हारिएको मानिएको घटनालाई शिक्षाको रुपमा ग्रहण गरे त्यो जित नै हो । हार मात्र मानिएको चुनौतीलाई कसरी ग्रहण गर्ने र उपयोगमा ल्याउने तथा हारको मान्यताको परिभाषालाई कसरी पुर्नपरिभाषित गर्ने भन्ने हो ।

यो राजनीतिमा पनि त्यही सुत्र-साध्य लागू हुन्छ वा लागू गर्न सकिन्छ । प्रजातान्त्रिक प्रणालीमा जनमतको कदर गर्नु र सो अनुरुप राज्य संचालन गर्नु सदाको जित हो । मत र सिट संख्या बढी वा कमी क्षणिक हुन् । जनता कसैका पेवा होइनन् । अर्काको असफलतामा रमाउनु क्षणिक आत्मरति मात्र हो । असल राजनीतिज्ञ पाउनु, असल राज्य संचालन प्रकृया पाउनु जनताको, राज्यको जित हो । आफ्नो राजनीतिलाई सफलता हासिल गराउने र दिगोपना दिने माध्यम पनि जनइच्छा र राज्यको सर्वाेपरी हित जनता र सबै राजनीतिज्ञको एकै समयमा अर्थात् एकै गेममा सबैले जित हात पार्नु हो । यसलाई कसरी ग्रहण गर्ने, सफलिभुत पार्ने भन्ने त्यस राजनीतिज्ञ वा त्यस पार्टीको अवधारणा र क्रियाकलाप तथा तौरतरीकामा भरपर्दछ ।

यसमा जनता सानो र क्षणिक लोभमा फस्ने, अविवेकी हुने वा होस गुमाउने गर्नाले प्रजातन्त्रको मर्ममा प्रहार हुन गई गलत अभ्यास हुने हुन्छ र स्थायी र असल राज्य संचालक पाउन सकिँदैन, एकदम ठुलो घाटा सहनुपर्ने, देश दशकौं पछाडि धकेलिन पुग्दछ । यहाँ तीन पक्ष (जनता, राजनीतिज्ञ र राज्य) सबैको हार हुन्छ जहाँ एउटै गेममा एकैपटक सबैले जित्न सकिन्थ्यो । अब नै भएपनि जितौं, राजनीतिज्ञ हारेको महसुस गर्ला तर राजनीतिले जित्छ, जनता र राज्यले जितेको महसुस गराउनेछन् थोरै समय लाग्छ तर दिगोपना दिन्छ नै ।

यस दृष्टिकोणबाट कोही हार्दैन बरु अध्ययनका लागि हारको खोजि गर्नुछ भने सोधपत्र तयार गर्न विषयबस्तु बन्दछ । हारले विदा लिन्छ सबैले जित हासिल गर्दछौं । अर्थात् हरेक क्षेत्रबाट असल र सफल हुने अवधारणा खोज्ने र अवलम्बन गर्ने गर्न सकिन्छ । यसबाट सुख, खुसी, संवृद्धि, आनन्द सबैले एकसाथ प्राप्त गर्न सक्छन् । योे कला नै असल र सफल जिउने कलाको एक अध्याय हो ।