मेमोरियल डेमा इन्टर स्टेट भलिबल प्रतियोगिता

मेमोरियल डेमा इन्टर स्टेट भलिबल प्रतियोगिता


ग्लोब नेपाल
351
Shares

म्याडिसन विस्कन्सिन अमेरिकामा मेमोरियल डे सातामा (में २८ र २९, २०२२) नेपाली इन्टर स्टेट भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता नेपाली अमेरिकी मैत्री संघ म्याडिसन विस्कन्सिन, एनआरएनए अमेरिकाको विस्कन्सिन च्याप्टर र मिड्वेस्ट क्षेत्रका अन्य च्याप्टरहरूको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमका संयोजक रबिन्द्र उप्रेती अमेरिकी मैत्री संघ म्याडिसनका सक्रिय सदस्य र नवगठित एनआरएनए युएसका कोषाधक्ष हुन् ।

सेन्ट्रल टाइममा कार्यक्रमको ओपनिङ्ग सेरेमोनि इनेपलिज डट कमबाट लाइभ गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कृष्ण लामिछानेको नेतृत्वमा नवगठित एनआरएनए युएसका प्रमुख संरक्षक तथा एनआरनएन अमेरिकाका पूर्वअधक्ष्य र हाल एनआरएन आइसीसीका कोषाध्यक्ष समाजसेवी सुनील साहले गरेका थियो ।

साथै कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व बोर्ड मेम्बर र एनआरएनए अभियन्ता विस्कन्सिन निवासी समाजसेवी वासु अधिकारी पनि अतिथी थिए । नेपाली अमेरिकी मैत्री संघबाट वर्तमान अधक्ष्य अबिमन पसछे, पूर्व अधक्ष्य सन्तोष लामिछाने, भलिबल टिमका संस्थापक महेश श्रेष्ठ तथा नेपाली कक्षाका विद्यार्थी र कक्षा तथा नेपाली संस्कृतीको प्रवर्धनमा म्यडिसनमा निरन्तर लागिरहने अर्चना द्वा लगायत सम्पूर्ण खेलाडी र खेलप्रेमी नेपाली समुदायको पनि उपस्थिती थियो ।

लामो समयदेखे नाफा भलिबलटिममा सम्बद्ध नरेश श्रेष्ठ र समग्र म्याडिसन नेपाली समुदायका विभिन्न क्षेत्र लगायत खेलकुदमा निरन्तर सहयोग गरिरहेका महेश लुइँटेललाई सम्मान गरिएको थियो । साथै प्रमुख अतिथी सुनील साहलाई म्याडिसनको पहिलो भलिबल प्रतियोगिता देखीनै निरन्तर सहयोग पुर्याएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन म्यडिसनका खेलप्रेमी युवा सन्तोष पौडेलले गरेका थिए । प्रतियोगितामा मिचिगन, भर्जिनिया. मिन्नेसोटा, विस्कनसिनबाट ७ टिम सहभागी थिए । म्यडिसनमा भएको यो दोश्रो इन्टर स्टेट भलिबल प्रतियोगिता हो । यसअघि २०१८ मा रविन्द्र उप्रेती र अर्जुन खड्काको संयोजकत्वमा अमेरिकी मैत्री संघको अध्यक्ष सन्तोष लामिछाने रहँदा पनि सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा मिचिगन र मिन्नेसोटा फाइनलमा पुगेका थिए । फाइनलमा मिन्नेसोटा विजयी भएर प्रथम र मिचिगन दोश्रो भएको थियो । मिचिगनका कक्षा ११ मा अध्ययनरत बर्ष १७ का ओमस्वरुप कार्कि लाई प्रतियोगिताको उदयीमान खेलाडीको रुपमा पुरस्कृत गरिएको थियो त्यसै गरि मिन्नेसोटाका गोपाल राईलाई उत्कृष्ट खेलाडीको पुरस्कार महेश श्रेष्ठले हस्तान्तरण गरेका थिए । प्रतियोगिताको समापनमा प्रथम र दोस्रो टिमलाई पदक र कप हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रममा एनआरएनए विस्कन्सिन च्याप्टरका सभापति दिपक थापा प्रमुख अतिथी थिए ।