निर्माणाधीन सडकमा पहिरो खस्दा २ मजदुर पुरिए

निर्माणाधीन सडकमा पहिरो खस्दा २ मजदुर पुरिए


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । चैनपुर नगरपालिका-१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् । नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो खस्दा कामदार रामकुमार राई र हेमराज मगर पहिरोमा पुरिएका छन् । स्काभेटरको प्रयोगबाट उनीहरूलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।