‘एक घण्टामा हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो ?’

‘एक घण्टामा हेलिकोप्टरमा झुन्डिएर चितवन पुग्ने हो ?’

‘काठमाडौँबाट चितवन १ घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ ? सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने ? के भन्न खोजेको कति छुट्याएको हो बजेट ?’


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले सरकारले ल्याएको बजेटमा हावादारी कार्यक्रम समावेश भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा संसद्को बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले कर्मचारीको तलब बढेको तर मजदुरको ज्याला कहिले बढ्ने भन्दै प्रश्न गरे ।

उनले बजेटले ठुला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिएको आरोप लगाए । छलफलमा बोल्दै उनले काठमाडौँबाट चितवन १ घण्टामा पुग्ने तथा सगरमाथा फेदीमा २ घण्टामा पुग्ने कस्तो महत्त्वाकाङ्क्षी योजना हो भन्दै प्रश्न गरे ।

उनको प्रश्न गरे, ‘काठमाडौँबाट चितवन १ घण्टामा पुगिन्छ रे । के हेलिकोप्टरबाट झुन्डिएर जानुहुन्छ ? सगरमाथाको फेदमा पनि २ घण्टामा पुग्ने रे । त्यहाँ पनि हेलिकोप्टरमा झुन्डिएर जाने ? के भन्न खोजेको कति छुट्याएको हो बजेट ?’

पूर्वमन्त्री समेत रहेका पण्डितले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाएर निजी क्षेत्र पोस्न खोजेको हो भन्दै प्रश्न गरे । उनले कुनै पूर्वाधार नभएको क्षेत्रमा मेडिकल खोल्नका लागि बजेट गएको तर, पूर्वाधार भएको स्थानमा सञ्चालन खर्च मात्र दिए पनि मेडिकल कलेज चल्ने भए पनि त्यहाँ बेवास्ता गरिएको उनको भनाइ छ ।