कात्तिक अन्तिम वा मंसिर पहिलो साता संघीय निर्वाचन

कात्तिक अन्तिम वा मंसिर पहिलो साता संघीय निर्वाचन


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले संसदीय निर्वाचनबारे छलफल थालेको छ । गठबन्धन सम्बद्ध दलका शीर्ष नेताहरुको छलफलमा कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातामा संघीय निर्वाचनको मिति प्रस्ताव गरेको बताइएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेका शीर्ष नेताहरुले संघीय चुनावको प्रस्तावमा अनौपचारिक छलफल गरेको बताइएको छ । निर्वाचन आयोगसँगको परामर्शपछि गठबन्धनले मिति प्रस्ताव गर्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् । सरकारले पनि संघीय निर्वाचनबारे परामर्श अघि बढाउने भएको छ ।