सुर्खेत पुगेर माधव नेपालले भने- प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ

सुर्खेत पुगेर माधव नेपालले भने- प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ


ग्लोब नेपाल
162
Shares

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने दावि गरेका छन् ।

बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताए।

उनले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अध्यक्ष नेपनलले नेकपा एमालेप्रति लक्षित गर्दै अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको आरोप लगाए । उनले आफूलाई कसैको कुनै पनि लालच नभएको प्रस्ट पारे ।

उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि प्रष्ट पारे । अध्यक्ष नेपालले भने, ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन ।’