प्रधानमन्त्री बन्ने अफर आएको माधव नेपालको दाबी

प्रधानमन्त्री बन्ने अफर आएको माधव नेपालको दाबी

प्रधानमन्त्री बन्ने अफर कसले गर्‍यो भन्ने उनले खुलाएनन् । वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरूले प्रधानमन्त्रीको कार्ड फाल्न थालेको नेपालले बताए ।


ग्लोब नेपाल
378
Shares

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार (आज) आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले प्रधानमन्त्री बन्ने अफर आए पनि षडयन्त्रकारीको त्यस्तो लोभमा आफू नफस्ने बताए ।

प्रधानमन्त्री बन्ने अफर कसले गर्‍यो भन्ने उनले खुलाएनन् । वर्तमान सत्ता गठबन्धन टुटाउने उद्देश्यले षडयन्त्रकारीहरूले प्रधानमन्त्रीको कार्ड फाल्न थालेको नेपालले बताए । उनले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे । अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको आरोप लगाए । उनले आफूलाई कसैको कुनै पनि लालच नभएको प्रस्ट पारे ।

उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि प्रष्ट पारे । अध्यक्ष नेपालले भने, ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन ।’