मुग्लिङ-पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

मुग्लिङ-पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने


ग्लोब नेपाल
243
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन दैनिक पाँच घण्टा बाटो बन्द हुने भएको छ । यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएकाे हो।

आइतबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने भएकाे छ । अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ ।

नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो । यो सड्क खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि चार लेनको बनाउन लागिएको छ। चार लेनको सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ ।

आबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने भएकाे छ ।