मिरुनामा सद्बुद्धि आओस् भन्दै बौद्धमा पूजापाठ

मिरुनामा सद्बुद्धि आओस् भन्दै बौद्धमा पूजापाठ


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नायिका मिरुना मगरको मनमा सद्बुद्धि ल्याउन बौद्धमा सोमबार बिहान पूजापाठसहितको कार्यक्रम आयोजना गरियो । बौद्ध भिक्छुविरुद्ध गरिएको अन्यायविरुद्ध लड्न गठन भएको समूहले सो कार्यक्रम आयोजना गरेको अभियान्ता पाल्मु शेर्पाले बताइन् ।

आम जनता, आम दर्शक शान्तिपूर्ण अभियानको नाममा सुरु भएको कार्यक्रममा मिरुनाको घमण्ड र अहमता मुक्त भइ जाओस् उहाँको मनमा सद्बुद्धि आवस् भनी प्राणीधान एवम् विश्वशान्ति कार्यक्रम–२०७९ को ब्यान बोकिएको थियो । शेर्पाका अनुसार प्राणीधानको अर्थ पूजापाठ हो ।

कार्यक्रममा अभियान्तामध्येकी एक सुकुमाया मोक्तानले भिक्छुले गल्ती गरेको प्रमाण दिनुस् हामी कारबाही गर्छौ, होइन भने हिंसा भएको आरोप लगाउने मिरुना मगरलाई कारबाही हुनुपर्ने बताइन् । माफी मागेर अन्त्य भइसकेको विवादसमेत बल्झाएको उनीहरुको आरोप थियो । मिरुनाले माफी मागेको छैन भनेर केको घमण्ड देखाउने खोजेको हो भन्दै मोक्तानले यस्तो हर्कत नदो¥याउनसमेत चेतावनी दिइन् ।