सेयर बजारमा हरियाली, ६० अङ्कले बढ्यो नेप्से

सेयर बजारमा हरियाली, ६० अङ्कले बढ्यो नेप्से


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । दुई सातापछि बल्ल सेयर बजार हरियाली बनेको छ । बुधबार बजारको परिसूचक नेप्से ६०.२२ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २०८० अङ्कमा पुगेको छ । जेठ ११ गतेयता बजार लगातार घटेको थियो ।

दिनभर कुल १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक बढेका छन् । बैङ्किङ २९, विकास बैङ्क ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य ५७ र व्यापार उपसमूहको सूचक ५८ अङ्क बढ्यो । सामुदायिक लघुवित्त र उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

बलेफी हाइड्रो र कालिका लघुवित्तको ९.९ प्रतिशत बढ्यो भने तेह्रथुम पावरको ९.४ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा अरुणभ्याली, कुमारी बैङ्क, हिमालयन डिस्टिलरी, इन्भेस्टमेन्ट बैङ्क र अपी पावर क्रमश: अगाडि रहे ।