काठमाडौं । श्रीलंकामा विद्युत बोर्डका कर्मचारी हडतालमा गएपछि विद्युत(विजुली) कटौती गरिएको छ ।
सरकारले लागु गरेको नियमको विरोधमा श्रीलंकाको सिलोन विद्युत् बोर्डका करिब ११ सय इन्जिनियरहरूमध्ये ९ सय जना हडतालमा उत्रिएपछि देशभर विद्युत कटौति गरिएको हो । विद्युत कटौती भएपछि श्रीलंकाका नागरिकहरु थप चपेटामा परेका स्वतन्त्र समाचार संस्था अल जजीराले जनाएको छ ।
आर्थिक संकटको मार खेपिरहेको श्रीलंकामा विद्युत कटौती भएसँगै थप संकटमा परेको छ । श्रीलंकाली सरकारद्वारा सञ्चालित सिलोन विद्युत बोर्डका इन्जिनियरहरू बिहीबार मध्यरातदेखि हडतालमा उत्रिएपछि करिब एक हजार मेगावाट बिजुली उत्पादन गर्ने आठ वटा जलविद्युत प्लान्टको सञ्चालन समेत ठप्प भएको छ ।
श्रीलंकाको इन्जिनियर्स युनियनले देशको ऊर्जा क्षेत्रलाई नियन्त्रित गर्ने कानूनलाई परिमार्जन गर्ने सरकारी योजनाको विरोध गरेको छ ।


प्रतिक्रिया