नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध


ग्लोब नेपाल
216
Shares

चितवन । सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित तोपे खोलामा आज विहान सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने काम सुरु भइरहेको चितवन प्रहरीले जनाएको छ । बुधबार राति नै खसेको पहिरोले अवरुद्ध यस सडक खण्ड हिजो दिउँसोबाट संचालनमा आएको थियो । तर अत्यधिक सवारी चापले राजमार्ग आजसम्म पनि अस्तव्यस्त बनेको छ ।