काठमाडौँमा बिहानै भूकम्पको धक्का

काठमाडौँमा बिहानै भूकम्पको धक्का


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । काठमाडौँमा आज बिहान २:३६ मा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ।