जिल्ला समन्वय समिति ओखलढुंगामा कांग्रेसको क्लीन स्वीप !

जिल्ला समन्वय समिति ओखलढुंगामा कांग्रेसको क्लीन स्वीप !


ग्लोब नेपाल
6.7k
Shares

ओखलढुंगा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगामा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ ।

जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले उपलब्ध गराएको जानकारी अनुसार जिससको प्रमुख, उपप्रमुख र सातवटा सदस्य गरी ९ वटै पदहरु कांग्रेसको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध निर्वाचित भएका हुन् । आज भएको मनोनयन दर्ता कार्यक्रमको निर्धारित समयभित्र नेपाली कांग्रेसका तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएकोले उनीहरू निर्विरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिसस प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुखमा तारा कार्की निर्वाचित भएका छन् । सदस्यहरूमा गोपालमान थापा, राजाबाबु किराँती, बद्रीविक्रम कार्की, भीमकुमार गौतम, भीमकुमारी कटवाल, भीमकुमार कामी र मैयाँ सुनुवार रहेका छन् ।

जिल्लाका ८ स्थानीय तहका १६ प्रमुख र उपप्रमुखहरूमध्ये कांग्रेसबाट मात्रै ९ जना रहेका छन् ।