एक साताभित्रै नागरिकता विधेयक पास हुन्छ : देउवा

एक साताभित्रै नागरिकता विधेयक पास हुन्छ : देउवा

बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरेका छन् । जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १/२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने ठोकुवा गरेको बताए ।

‘एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुङ्गो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो, देउवाको भनाइ उद्धृत गर्दै यादवले भने, यो मेरो आश्वासन होइन, ठोकुवा हो । बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।

बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने यादवले बताए । विगतमा बिहे गरेर आउनसाथ अङ्गीकृत नागरिकता पाउने प्रावधान थियो ।

संसदमा ५ वर्षदेखि अड्किएको विधेयकका कारण लाखौँ युवा नागरिकताबाट वञ्चित भएको उनले बताए । प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल समेत गएका थिए । नागरिकता नभएका कारण युवाहरू अध्ययनका लागि छात्रवृत्ति, रोजगारी लगायतबाट वञ्चित छन् ।