नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेका छन्: बानियाँ, एमाले सांसद

नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेका छन्: बानियाँ, एमाले सांसद

‘जमानादेखि हामी परराष्ट्र नीतिमा चुक्दै आएका छौँ । एमसीसी नेपालीहरूका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौँ,’


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेको जिकिर गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै सांसद बानियाँले भने, ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रूपमा बसेका छन् ।’

एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए । त्यसका लागि चलखेल भइरहेको उनको दाबी छ । ‘जमानादेखि हामी परराष्ट्र नीतिमा चुक्दै आएका छौँ । एमसीसी नेपालीहरूका लागि ठूलो घाँडो बन्दै छ । ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौँ,’ उनले भने ।