अर्थमन्त्रालयको स्पष्टोक्ति: बजेट निर्माणमा बाहिरको कसैलाई पनि सहभागी गराइएको छैन

अर्थमन्त्रालयको स्पष्टोक्ति: बजेट निर्माणमा बाहिरको कसैलाई पनि सहभागी गराइएको छैन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । अर्थमन्त्रालयले अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार खण्डन गरेको छ ।

अन्नपूर्ण पोस्टको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो‘’ शीर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुपाल बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी बजेट निर्माण प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीबाहेक कसैको संलग्नता नरहेको बताएका छन् ।

‘बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा जेठ १४ गते बिहानैदेखि मन्त्रालयमा माननीय अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजश्व)र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकसमेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकका बजेटसँग सम्बन्धित विषयहरू तयार गरी बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।