आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । चाँदीको भाउ भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबार सात सय रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँमा कारोबार हुँदैछ। 

सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। सोमबार चाँदी प्रतितोला तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।