फ्रान्स क्रोयसियासँग पराजित

फ्रान्स क्रोयसियासँग पराजित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो ।

यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ । उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

अजरवैजान र काजखस्तानको जित
सोमबार राति भएका फरक खेलमा अजरवैजान र काजखस्तानले जित निकालेका छन् । घरेलु टोली अजरवैजानले वेलारुसलाई २–० अन्तरले पराजित गरेकाे हाे । उसको जितमा महिर इम्रेली र रमिल सेयदेभले एक एक गोल गरे ।

यस्तै, अर्काे खेलमा काजखस्तानले स्लोभाकियालाई २–१ अन्तरले पराजित गर्दै शीर्षस्थानमा रहेको छ । काजखस्तानको जितमा यान भोरोगोभ्स्की र इलखान एस्टानोभले एक एक गोल गरे । १० खेलाडीमा सिमित रहेका स्लोभाकियाको लागि माटुस वेरोले सान्त्वना गोल गरे ।

खेलसँगै काजखस्तान ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ । स्लोभाकिया ६ अंक सहित दोस्रो स्थान र अजरवैजान ४ अंक सहित तेस्रो स्थानमा छ । यता, वेलारुस २ अंक सहित पुछारमा छ ।