मधेस प्रदेशको बजेटः कृषि मन्त्रालयका लागि पौने ३ अर्ब विनियोजन

मधेस प्रदेशको बजेटः कृषि मन्त्रालयका लागि पौने ३ अर्ब विनियोजन


ग्लोब नेपाल
0
Shares

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९०८० का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७४ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शैलेन्द्र साहले कृषिलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको बताए । उनले पालिकाहरूसँग समन्वय गरी सिँचाइको व्यवस्था मिलाउन ७ करोड २० लाख रूपैयाँ विनियोजन गरेको बताए ।

मन्त्री साहले कृषि सडकको निर्माण, कृषि उपजहरूको भण्डारण, आवश्यक बजार व्यवस्थापन लगायतका कार्यका लागि २८ करोड २० लाख र कृषि मिटरमा ७५ प्रतिशत अनुदान दिन ५ करोड बजेट विनियोजन गरेको पनि बताएका छन् ।