बागमती सरकारले बढायो शिक्षकदेखि कर्मचारीसम्मको तलब

बागमती सरकारले बढायो शिक्षकदेखि कर्मचारीसम्मको तलब


ग्लोब नेपाल
250.7k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छ ।

प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो। ‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको छ,’ प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भने ।

यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको समेत उनले घोषणा गरे । यसका साथै, प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको छ ।