अमेरिकी दूतावासको भनाइ नेपाली सेनाद्वारा खण्डन

अमेरिकी दूतावासको भनाइ नेपाली सेनाद्वारा खण्डन


ग्लोब नेपाल
216
Shares

काठमाडौं- नेपाली सेनाले हाल विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको स्पष्ट पारेको छ ।

“नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगत्लाई जानकारी गराइन्छ”, सेनाले जारी गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहक राजदूत मानुअल मिकलरले बुधबार पत्रकारहरुसँग पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागिताका लागि दुई पटक आवेदन दिएपछि अमेरिकाले सन् २०१९ मा नेपाल र श्रीलंकालाई एसपीपीमा जोडेको र सोही वर्ष इन्डोप्यासिफक स्ट्राटेजीको प्रतिवेदनमा समेत राखेको बताएका थिए ।