ओखलढुङ्गाको कुन्तादेवीमा मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न नपाईने

ओखलढुङ्गाको कुन्तादेवीमा मादक पदार्थ बिक्रीवितरण र सेवन गर्न नपाईने


ग्लोब नेपाल
81
Shares

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका १ कुन्तादेवीमा मादक पदार्थ बिक्रीवितरण गर्न नपाईने भएको छ । मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने तथा आम नागरिकलाई डर धम्कि दिने जस्ता क्रियाकलाप बढ्न थालेपछि बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष कमलबहादुर बानियाँले जानकारी दिए ।

वडालाई मादक पदार्थ सेवनमुक्त क्षेत्र बनाउन यो पहिलो प्रयास भएको अध्यक्ष बानियाँको भनाइ थियो । वडा कार्यालयको अनुरोधलाई बेवास्ता गर्नेलाई कारबाही गर्ने जनाएको छ ।