प्रधानमन्त्री देउवाले किन बोलाए गठबन्धनको आकस्मिक बैठक

प्रधानमन्त्री देउवाले किन बोलाए गठबन्धनको आकस्मिक बैठक


ग्लोब नेपाल
162
Shares

काठमाडौं । आज दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल हेरफेरका सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठकमा नेपली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शिर्ष नेताहरुलाई सहभागी हुन भनिएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादीले हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्ने प्रतिकृया दिएका थिए । त्यसपछि नेकपा एकीकृत समाजवादी पनि आफ्नो निर्णयबाट पछि हटेको थियो ।

हाल संसदबाट बजेट पनि पारित भइसकेको छ । यो सँगै प्रधानमन्त्री देउवा मन्त्रिमण्डल हेरफेका लागि तयार भएका हुन् । आजको बैठकपछि सत्तासीन सबै दलहरुले नयाँ मन्त्री पठाउने तयारी तयारी गरिरहेको बुझिएको छ ।