श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको प्रधानमन्त्रीको घोषणा

श्रीलंकाको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको प्रधानमन्त्रीको घोषणा


ग्लोब नेपाल
324
Shares

काठमाडौं । श्रीलंकाले आफ्नो अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेको छ । बुधबार संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री रणिल

विक्रमसिंघले मुलुकको अर्थतन्त्र टाट पल्टिएको बताएका हुन् । विक्रेमासिंघेले विदेशी विनिमयमा भुक्तानी गर्नुपर्ने कर्जाको कारण थलिएको अर्थतन्त्र ढलेको बताएका छन् । संसदको रोष्ट्रममा उभिएर उनले महिनौदेखि थलिएको अर्थतन्त्र अब भने ढलेको बताए ।

पछिल्लो समय श्रीलंकाले इन्धन, विद्युत् र खाद्यान्नमा चरम अभाव झेल्दै आएको छ ।श्रीलंकाली अर्थतन्त्रलाई ‘ट्य्राक’ मा ल्याउन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत साझेदार संस्थासँग सरकारले सहयोगको प्रस्ताव गरेको पनि उनले बताए । ुहाम्रो अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको छ,’ उनले भने ।

देशको अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका विक्रेमासिंघेले गुमेको पर्यटन आय र कोभिड महामारीको प्रभावका कारण अन्य समस्याका साथसाथै चर्को मूल्यवृद्धिको सामना गरेको बताए । उनले संसदबाट देशको अर्थव्यवस्था ‘कोल्याप्स’ भएको घोषणा गरेका छन् ।