गगन प्रधानमन्त्री बन्दा विश्वप्रकाश प्रस्तावक बस्ने

गगन प्रधानमन्त्री बन्दा विश्वप्रकाश प्रस्तावक बस्ने

विश्वप्रकाश शर्मा प्रधानमन्त्री बन्न अयोग्य व्यक्ति हो ?


ग्लोब नेपाल
22.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्को महामन्त्री गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताएका छन् । बिहीबार साँझ हिमालयन टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा अन्तर्वार्ता दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

कार्यक्रम सञ्चालक राजेन्द्र बानियाँले गगन थापाले प्रधानमन्त्री बन्ने घोषणा गरिसक्नुभयो तपाईं के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री शर्माले भने, ‘त्यो अवस्थामा म हार्दिकतापूर्वक छोड्छु । दुवै महामन्त्री मिलेर जेजे कर्म गर्दैछौं, कतिपय बेलामा फरकफरक कुरा भएजस्तो देखिएला, पार्टी पंक्ति, बौद्धिक समुदाय शुभेक्छुक सबैलाई म ढुक्क पारेर राख्न चाहन्छु, प्रायः धेरै कुरा, प्रायः सबै कुराहरु हामी योजनाबद्ध हिसाबले, सोचेर, विचार गरेर कुन कुरा कहाँ कतिबेला बोल्ने भन्ने पनि परामर्श गरेरै गरिरहेका छौं ।

आफैलाई आफूले प्रधानमन्त्री बन्न तपाईंले बाटो खोल्दिएको हो ? भन्ने प्रश्नमा महामन्त्री शर्मा भन्छन्, ‘भोलि म प्रस्तावक भएँ भने त्यसमा आपत्ति मान्नुपर्ने के छ ? गगन थापा प्रधानमन्त्री बन्न कसैले सडकमा छलफल अगाडि बढाए त्यसमा सहभागी हौंला ।’

विश्वप्रकाश शर्मा प्रधानमन्त्री बन्न अयोग्य व्यक्ति हो ? भन्ने प्रश्नको उत्तर दिँदै महामन्त्री शर्मा भन्छन्, ‘म त्यो कोणमा गएको छैन । अहिलेलाई म नेपाली कांग्रेसको महामन्त्री मात्र हुँ । नेपाली कांग्रेसका यी दुवै महामन्त्री प्रधानमन्त्री चलाउन सक्षम छन् भन्ने मान्यता हामी राख्छौं । तर, सांसद भएर अनुभव हासिल गरिसकेको, मन्त्री भएर दक्ष्यता प्रमाणित गरिसकेको, पार्टीको महामन्त्री पदमा राम्रो मत ल्याएर विजयी भएर संगठनमा काम गरेको गगन थापाले देशको प्रधानमन्त्री हुन्छु भनेर आकांक्षा राखेर सार्वजनिक रुपमा आयो भने नेपाली समाजलाई म यति मात्र भन्छु, तपाईंहरुलाई पाको नेतृत्व चाहिन्छ र भरोसा गर्नुपर्छ भने कांग्रेससँग छ । युवा नेतृत्व चाहियो र युवाहरुमा भरोसा गर्नुहुन्छ भने कांग्रेसलाई भरोसा गर्नुस्, युवा पदाधिकारी र प्रधानमन्त्री पदमा दाबा गर्ने युवा नेपाली कांग्रेससँग छ ।’