नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । सङ्घीय सरकारका मन्त्री फेर्ने विषयले आन्तरिक विवाद बढेका बेला पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी स्थापना भएको करिब ८ महिनाको अवधिमा देशव्यापीरूपमा भएका साङ्गठानिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तरक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धि बारे समीक्षा हुनेछ ।

बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना-रणनीति तयार गरिने खतिवडाले जानकारी दिए । हिजो बसेको पोलिटब्यूरो बैठकमा केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने राजनीतिक, आर्थिक र साङगठानिक प्रतिवेदनबारे छलफल भएको थियो ।