अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट दिन सकिने

अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट दिन सकिने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ । भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ । बागमती प्रदेशको काठमाडौँमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ ।

मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुनेछन् । अधिवक्ता तहको ३० औँ परीक्षामा सहभागी हुन इच्छुक व्यक्तिले आवश्यक कागजात असार १५ गतेदेखि साउन १५ गतेभित्र पेस गरिसक्नुपर्नेछ ।

परीक्षा शुल्क भने चार हजार तोकिएको छ। परीक्षा कार्यक्रम र केन्द्र भने पछि तोकिने परिषद्ले जनाएको छ । साथै ३१ औँ अधिवक्ता तहको परीक्षा भने नयाँ पाठ्यक्रमअनुसार हुने पनि परिषद्को भनाइ छ ।