रतन थापालाई कैलाली अध्यक्षबाट निष्काशित गर्ने एमालेको निर्णय

रतन थापालाई कैलाली अध्यक्षबाट निष्काशित गर्ने एमालेको निर्णय


ग्लोब नेपाल
270
Shares

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको कैलाली जिल्ला अध्यक्षबाट रतन थापालाई हटाउने निर्णय गरेको छ।

सोमबार बसेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्प्ष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि अध्यक्ष थापालाई निष्काशित गरिएको हो।

थापाले एमालेको विधानको धारा ८० अन्तर्गत उपाधारा १, २, ३, ४, ५, ६ र १२ उलंघन गरेको ठहर प्रदेश कमिटीले गरेको छ। थापालाई जिल्ला सचिवालयको निर्णय, जिल्ला इन्चार्ज रानाको सिफारिस, केन्द्रीय सदस्यहरुको रायका आधारमा अध्यक्ष पदबाट निष्काशित गर्ने निर्णय भएको प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।