सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित


ग्लोब नेपाल
81
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल गर्न बिहीबार बोलाइएको प्रदेश सभाको बैठकअनिश्चितकालका लागि स्थगित भएको छ ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलका प्रदेशसभा सदस्यहरुले आर्थिक अनुशासनको उल्लङ्घन गरेर बजेट ल्याएको आरोप लगाउँदै संशोधन गर्नुपर्ने अडान राखेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालय अनुसार बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशनको बैठक सुचारु गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

प्रदेश सभा सदस्यहरुले बजेट संशोधनको अडान कायमै राखेपछि बिहीबार ३ बजेका लागि बोलाइएको बैठक तेस्रो पटक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।