महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै

महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै


ग्लोब नेपाल
185.9k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शुक्रबार अमेरिका जाने भएका छन् । महामन्त्री शर्मा गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका जान लागेका हुन् । उनी शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको छ । उनले आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सन’ का लागि शुक्रबार अमेरिका जान लागेको जानकारी दिए ।