‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश नेपाल आउँदै

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश नेपाल आउँदै


ग्लोब नेपाल
27
Shares

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’ फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् ।

दिवेश नेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेको छु, आफ्नो जन्मभूमिमा आएर तपाईंहरुमाँझ आफ्नो प्रस्तुति दिनका लागि निकै उत्साहित छु ।’

दिवेश अमेरिकन आइडलको १८ औं शृङ्खलाका उपविजेता (फस्ट रनरप) हुन् । अमेरिकन आइडलले कोरोना महामारीका कारण केही प्रतिस्प्रर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएका भन्दै अमेरिकन आइडलको १९ औं शृङ्खलामा १८ औं शृङ्खलाका १० प्रतिस्पर्धीलाई दोस्रो मौका दिएको थियो । जसमा दिवेश टप सेभेनसम्म पुगेका थिए ।

अब उनी यही वर्ष सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका हुन् । उनी कहिले नेपाल आउन लागेका हुन् भन्ने चाहिँ खुलाएका छैनन् ।