काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि

काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि


ग्लोब नेपाल
54
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ ।

बिहीवार ३ जनामा हैजा पुष्टि भएसँगै कुल संख्या १७ पुगेको हो । असार २ गते बागबजारमा २ जनामा हैजा पुष्टि भएको थियो ।

असार ३ मा एक, ५ मा दुई, ६ मा एक, ७ मा एक, ८ मा एक, ९ मा तीन, १० मा एक, १४ मा दुई र असार १६ मा तीन जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।