एनआईसी बैंकले मोबाइल बैंकिङ्ग एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति गर्ने

एनआईसी बैंकले मोबाइल बैंकिङ्ग एपलाई ओम्नी च्यानल एपमा स्तरोन्नति गर्ने


ग्लोब नेपाल
189
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले यस ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहक महानुभावहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका सो बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्ने छन् ।

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नी च्यानल एपबाट ग्राहकले अधिकतम बैंकिङ्ग सेवाहरू सहज एवं सरल रुपमा उपभोग गर्न सक्ने छन् । निकट भविष्यमा अझ बढी सेवाहरू यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ ।

स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरैभन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नी च्यानल मार्फत हुन्छ ।