विनोद शाही मृत्यु प्रकरणः अछाम जिल्ला अदालत तनावगस्त, पीडित पक्षमाथि अश्रुग्यास

विनोद शाही मृत्यु प्रकरणः अछाम जिल्ला अदालत तनावगस्त, पीडित पक्षमाथि अश्रुग्यास


ग्लोब नेपाल
81
Shares

अछाम । अछामको पञ्चदेवल विनायक-४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग्न अदालत पुगेका पीडित पक्षमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

अहिलेसम्म तीन राउण्ड हवाई फायर गरिएको छ भने २४ सेल अश्रु ग्यास प्रहार भएको छ। जेठ १७ गतेदेखि वेपत्ता रहेका शाही जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए।

घटना भएको एक महिना बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आक्रोशित पीडित परिवार अदालत पुग्दा प्रहरीले उनीहरुमाथि अश्रुग्यास प्रहार गरेको हो।

शाहीको हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहित ७ जना पक्राउ परेका छन्।

किटानी जाहेरी परेकामध्ये ६ जना अझै फरार रहेका छन्।