चार सय वर्ष पुरानो झुलाघाट पुलको लक भाँचियाे

चार सय वर्ष पुरानो झुलाघाट पुलको लक भाँचियाे


ग्लोब नेपाल
135
Shares

बैतडी । करिब चार सय वर्ष पुरानो नेपाल-भारत सीमा नाका बैतडीको झुलाघाटस्थित झोलुङ्गे पुलको यात्रा जोखिमपुर्ण बनेको छ । दैनिक सयौं मानिसहरुको आवतजावत हुने पुल जीर्ण बन्दा यात्रा जोखिमपुर्ण बनेको हो । भारततर्फको पुलको लक भाँचिएपछि आवागमन बन्द गरिएको छ ।

काठको लक भाँचिएपछि यात्रा जोखिमपुर्ण भएकाले आवतजावत बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले जानकारी दिए । ब्रिटिश सरकारको पालामा बनेको पुल १८३० बाट संञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेला-बेला काम चलाउका लागि मर्मत गरिए पनि पूर्णरुपले मर्मत हुन सकेको छैन ।