बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् : सञ्चारमन्त्री कार्की

बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् : सञ्चारमन्त्री कार्की


ग्लोब नेपाल
243
Shares

लण्डन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन् । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेकाे १०औँ स्थापना दिवसको अवसर शुभकामना दिने क्रममा यस्ताे बताएका हुन् । 

उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे ।   

विदेशमा व्यस्त समयको समेत परवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्वसमुदाय समक्ष जीवन्त राख्ने योगदान सकारात्मक भएको उल्लेख गरे । नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १०औं वार्षिकोत्सव आइतबार लण्डनमा आयोजना गर्दैछ ।