बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै

बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुँदै


ग्लोब नेपाल
189
Shares

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिकामा अहिले मतदान भइरहेको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मतदान रद्द भएपछि आज फेरि निर्वाचन हुन लागेको हो ।

अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । आज हुने मतदानलाइ स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । बुढीगंगामा १० वटा मतदानस्थलमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ ।