बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न, ६५ प्रतिशत बढी मत खस्यो

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न, ६५ प्रतिशत बढी मत खस्यो


ग्लोब नेपाल
81
Shares

बाजुरा । वैशाख ३० गते धाँधली भएको भन्दै स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार पुनः मतदान भएको छ।

बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले बताए। उनका अनुसार बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत भन्दा बढि मत खसेको छ । ‘बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म लाइनमा लागेकाले भोट गर्न पाउँछन्, अधिकांश ठाउँमा मतदान सकिएको छ,’ उनले भने, ‘केही ठाउँमा थोरै मतदाता लाइन रहेका छन्।’

मतदान सम्पन्न भएको ठाउँमा मुचुल्का तयार गरेर मतपेटिका संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ। मतपेटिका संकलन पछि सर्वदलीय बैठक बसेर मतगणना बारे निर्णय गरिने छ।

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।

विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिना पछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।