आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै

आज प्रतिनिधिसभा बैठक, नागरिकता विधेयक फिर्ता लिइँदै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय, पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव पनि शुक्रबार नै संसदमा प्रस्तुत गर्नुहुनेछ । यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्ने कार्यसूची रहेको छ ।